Spread the love
Spread the love
इलाम कारागारभित्र लाखौँको अवैध रकम फेला, प्रशासनद्वारा अनुसन्धान सुरु
Spread the love

इलाम कारागारबाट प्रशासनले स्रोत नखुलेको ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ। कारागारभित्र अवैध रूपमा ठूलो रकम राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका अधिकृत र प्रहरीको संयुक्त टोलीले आकस्मिक छापा मारेको थियो। कारागारको ७ नम्बर कोठामा गरिएको सो छापा मार्ने क्रममा २४ हजार भारतीय रुपैयाँसहित उक्त रकम फेला परेको हो। यो रकम कारागारका नाइके, चौकीदार र अर्का एक कैदी गरी तीन जनाबाट बरामद गरिएको प्रशासनले जनाएको छ।प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारभित्र रहेका कैदीहरूसँग यति धेरै रकम कसरी र कुन माध्यमबाट जम्मा भयो भन्ने विषयमा गम्भीर अनुसन्धान अगाडि बढाइने जानकारी दिएका छन्। उनले बरामद गरिएको रकमको वैधानिक स्रोत पुष्टि भएमा कानुनबमोजिम फिर्ता गरिने र स्रोत नखुलेमा आवश्यक कानुनी कारबाही गरिने बताएका छन्।