Originally posted 2025-06-14 08:40:43.

Like this:

प्रचण्डको खुलासा:- मैले जनार्दनलाई पार्टी छोड्नुस भनेकै छैन मिसन मिडियाले मिडिया ट्रायल गरे

मोरङ : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन्।शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए।

जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘त्यो भनेकै छैन। बेकारको कुरा हो।’ माओबादीलाई कमजोर पार्न सकिन्छकी भनेर माओबादी प्रति अनुदार मिसन पत्रकारिता गर्नेहरुले मिडिया ट्रायल गरेका हुन् त्यस्ता भ्रम पानीको फोकाजस्तै भएको जिकिर गरे। 

Originally posted 2025-06-14 08:40:43.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Originally posted 2025-06-14 08:40:43.

Like this: