फिफा विश्वकप २०२६ अन्तर्गत भएको समूह चरणको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन्।न्यूयोर्क–न्युजर्सी रंगशालामा सम्पन्न प्रतिस्पर्धामा मोरक्कोले खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता बनाएको थियो।
तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्दै बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए।त्यसपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्धारित समय र अतिरिक्त १० मिनेटमा कुनै पनि टोलीले निर्णायक गोल गर्न सकेनन्। फलस्वरूप खेल १–१ को बराबरीमा टुंगियो।बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन् र समूह चरणको प्रतिस्पर्धा अझ रोचक बनेको छ।
