Spread the love
Spread the love
काभ्रे बस दुर्घटना: छानबिनका लागि ६ सदस्यीय समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
Spread the love

​काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको भयानक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन एक छानबिन समिति गठन गरिएको छ।​

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो।​बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खस्दा शुक्रबार दिउँसो सो दुर्घटना भएको थियो।

दुर्घटनामा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका अन्य १६ जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।​गठित समितिले घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्य-तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी पाएको छ।