Spread the love
Spread the love
सीमानाको विषयमा सत्ता र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ: ज्ञानेन्द्र शाही​
Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुपर्ने बताएका छन्।​

प्रतिनिधि सभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको वक्तव्यपछि समय लिएर बोल्दै सांसद शाहीले 'नेपालले भारतको भूभाग मिचेको छ' भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्‍याए।​उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तथ्यलाई सदनले गम्भीरताका साथ लिनुपर्नेमा समेत जोड दिए।