Spread the love
Spread the love
रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित: मतदाता नामावलीमा विवाद​
Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीको विवादका कारण रोकिएको छ। निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरी बुधबार बिहान मतदान सुरु गर्न खोज्दा प्रतिनिधिहरूबीच नाम समावेश र छुट भएको विषयलाई लिएर असन्तुष्टि चर्किएको थियो।​

विवाद बढ्दै गएपछि निर्वाचन समितिले मतदानसहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्दै कार्यक्रमस्थल खाली गर्न निर्देशन दियो। मंगलबार बेलुकादेखि नै मतदानका लागि उत्साहित भएर कुरेका प्रतिनिधिहरू प्रक्रिया नै स्थगित भएपछि निराश बनेका छन्। रास्वपाको देशव्यापी संगठन विस्तार अभियान चलिरहेका बेला बागमती प्रदेशको यो अधिवेशन भने अनिश्चित बनेको छ।