Spread the love
Spread the love
प्रतिनिधिसभाको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने​
Spread the love

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा महत्त्वपूर्ण आर्थिक तथा कानुनी एजेन्डाहरूमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा मुख्य आकर्षणका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय गरिएको छ।​यसैगरी, संसद्मा विधेयकहरू अगाडि बढाउने क्रममा राष्ट्रियसभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक आजको बैठकमा टेबुल गरिनेछ।

साथै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा नै उत्पत्ति भएको 'चलचित्र विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।