Like this:

ईयू आबद्ध राष्ट्रका गैरआवासीय राजदूतहरूसँग प्रधानमन्त्री शाहले छलफल गर्दै

​प्रधानमन्त्री बालेन्द्र शाह र युरोपेली संघ (ईयू) का गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबीच मंगलबार बिहान ११:३० बजे प्रधानमन्त्री कार्यालयमा सामूहिक भेटवार्ता हुँदैछ।​भेटका क्रममा नेपालको विद्यमान प्राथमिकता, आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा संवाद हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन्।

प्रधानमन्त्री शाहले यसअघि २५ चैतमा पनि नेपालका विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट गरेका थिए।

Like this: