Like this:

२४२ जना यात्रु सवार भारतीय विमान दुर्घटना

काठमाण्डौ: भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहमदाबादबाट लन्डनका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ।

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी सहित २४२ जना यात्रु सवार रहेको जनाइएको छ l विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Like this: