Like this:

प्रेस स्वतन्त्रता संविधानप्रदत्त अधिकार हो, कसैले कुण्ठित गर्न सक्दैन– सञ्चारमन्त्री​ बिक्रम तिमल्सिना बिक्रम तिमल्सिना

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको उत्तर दिँदै मन्त्री तिमल्सिनाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताए। “संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ।

यो अधिकारलाई कसैले पनि खोस्न वा कुण्ठित गर्न सक्दैन। तर, स्वतन्त्रताको नाममा स्वच्छन्दता हुनु हुँदैन,” मन्त्री तिमल्सिनाले थपे, “पत्रकारिता क्षेत्रले आफ्नो मर्यादा र सीमा बुझेर काम गर्दासम्म सरकारले हस्तक्षेप गर्ने कुनै ठाउँ रहँदैन। त्यसैले आफ्नो गरिमालाई ख्याल गर्दै निर्धक्क भएर काम गर्न म सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गर्दछु।”

​यसै क्रममा उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप बलियो एवं सक्षम बनाउन सरकार लागिपरेको समेत उल्लेख गरे। साथै, आगामी नीति, कार्यक्रम र बजेटका सन्दर्भमा मन्त्रालयसँग जोडिएर आएका रचनात्मक सुझावहरूलाई सरकारले गम्भीरतापूर्वक लिने प्रतिबद्धता समेत उनले जनाए।

Like this: