Like this:

​चार वर्षे कार्यकाल पुरा गरी अवकाशमा गए आईजी अर्याल

सशस्त्र प्रहरी बलका आईजी "राजु अर्याल" आजबाट आफ्नो चार वर्षे सेवा अवधि पुरा गरी अवकाशमा गएका छन्। २०७९ वैशाख १९ देखि सङ्गठनको कमान्ड सम्हालेका अर्याललाई सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित एक विशेष समारोहमा भव्य बिदाइ गरिएको छ। पूर्व आईजीहरूको समेत उपस्थिति रहेको उक्त समारोहमा नवनियुक्त आईजी नारायणदत्त पौडेलले आफ्ना ब्याचमेट अर्याललाई बिदाइ गरेका थिए।

२०५४ चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका अर्याल पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।अर्यालको बिदाइसँगै अब सशस्त्र प्रहरी बलको नेतृत्व नारायणदत्त पौडेलले सम्हाल्ने छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी आइतबार गृह सचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह लगाएपछि उनले औपचारिक रूपमा कार्यभार बुझ्नेछन्। अर्यालले आफ्नो कार्यकालमा २०७९ र २०८२ का निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गराउनुका साथै दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलन र 'जेनजी' प्रदर्शन जस्ता चुनौतीपूर्ण सुरक्षा स्थितिको कुशल नेतृत्व गर्दै सङ्गठनबाट बिदा लिएका छन्।

Like this: