काठमाडौँ, कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
सार्वजनिक विवरणअनुसार सोविता गौतमको नाममा चितवन काठमाडौंमा र घर तथा जग्गा रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार सोविता गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको छ।
मन्त्री सोविता गौतमको वित्तीय अवस्थातर्फ एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकहरूमा बचत पनि रहेको छ|
साथै उनीसँग एउटा भ्यान र एउटा स्कुटर रहेको विवरणमा जनाइएको छ।
पारदर्शिताका लागि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको यो विवरण सार्वजनिक गरेको हो।
