छिमेकी भारतको उत्तराखण्डमा सम्पन्न चार टिम सहभागी महिला क्रिकेट सिरिजमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले निराशाजनक प्रदर्शन गर्यो। नेपालले खेलेका सबै ६ खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताको अंकतालिकाको पुछारमा रहनुपर्यो।
सिरिजमा आयोजक उत्तराखण्ड, बङ्गाल, राजस्थान र नेपाल सहभागी थिए।भारतीय राज्यस्तरिय टोलीसंग नेपाली महिला टोलीले कुनै पनि खेल जित्न नसक्दा टोलीको समग्र तयारी, ब्याटिङ–बलिङ सन्तुलन र रणनीतिमा गम्भीर कमजोरी देखिएको छ।

