Like this:

एनपीएल: कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दियो
#Npl

काठमाण्डौ, जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य तय गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा मात्र ३ विकेट खोइ्दै १६६ रन जोड्यो।
टिमका लागि प्रियांक पंचल उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको महत्वपूर्ण इनिङ खेले। साथै, पवन सराफले २७ रनको योगदान दिए भने म्याक ओ’डाउड र मार्क वाटले क्रमशः २० र १६ रन जोडे।

चितवनतर्फ सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले १–१ विकेट हात पारे।

Like this: