Like this:

भारतीय पोष्टमा गोलको वर्षासंगै नेपालको सानदार जित
football

नयाँ दिल्ली, ट्राई–नेशन अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै शानदार जित हासिल गरेको छ।

शिलाङको जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा कप्तान सावित्रा भण्डारी साम्बा निर्णायक साबित भइन्। उनले खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासलाई सदुपयोग गर्दै पहिलो गोल गरिन्।

दोस्रो हाफमा पनि सावित्राले ६२औं मिनेटमा फ्रिकिकबाट अर्को आकर्षक गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन्। त्यसपछि ८१औं मिनेटमा भारतकी कृष्मा श्रीरभोइकारले गोल फर्काए पनि अन्ततः नेपाल विजयी रह्यो।

यसअघि इरानले नेपाल र भारत दुवैलाई हराउँदै उपाधि पक्का गरिसकेको थियो, त्यसैले यो खेल प्रतिष्ठाको मुकाबला मात्र थियो। त्यसमा नेपालले भारतलाई उसकै मैदानमा हराउँदै गौरवपूर्ण जित दर्ता गरेको हो।

Like this: