Like this:

विप्लवको पार्टीले कात्तिक २० गते काठमाडौंमा बृहत सभा गर्ने
biplap

काठमाडौँ –  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादका समर्थकहरूलाई कात्तिक २० गते काठमाडौँमा हुने प्रदर्शनमा जुट्न आह्वान गरेका छन्।

पार्टीको हालै बसेको बैठकले सो दिन काठमाडौँमा ठूलो जनसभा गर्ने निर्णय गरेको थियो।

विप्लवले भने, देशले आत्मसम्मानका साथ प्रगति हासिल गर्न र स्वाधीनता सुरक्षित गर्न सबै नेपालीले एकजुट हुन आवश्यक छ।

नेपाल हामी आफैंले परिवर्तन गर्नुपर्छ, अरूले होइन। भ्रष्टचारी, तस्कर,कमिसनखोर, दलाल र परजीवीहरू हटाएपछि देशले गर्वसाथ उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादको पक्षमा उभिनुहोस् र कात्तिक २० मा काठमाडौँमा भेटौं ।

Like this: