काठमाण्डौ/ नेकपा एमालेले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संसद् पुनर्स्थापनाका लागि अदालत जाने विषयमा एमालेभित्र गम्भीर छलफल भइरहेको छ। उनले कांग्रेससँग समन्वय गरेर संयुक्त रूपमा अदालत धाउने सम्भावना समेत रहेको जानकारी दिएका छन्।
गौतमका भनाइअनुसार अदालत जाने मोडेल र समयबारे अन्तिम निर्णय अझै बाँकी छ। यसअघि भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पनि प्रतिनिधि सभा विघटनको संवैधानिकता न्यायिक परीक्षण हुनुपर्ने निष्कर्ष निकालेको थियो।
एमालेसहित आठ राजनीतिक दलले पनि यो निर्णयको संवैधानिकता शंकास्पद भएको भन्दै सर्वोच्च अदालतबाट यसको परीक्षण हुनुपर्ने माग गरेका छन्।

