Spread the love
Spread the love
नेप्सेमा उछाल — सूचक २७६०.१७ मा बन्द
Spread the love

✍️ जुनेली मिडिया

२०७५ साउन ३१, मंगलवार | काठमाडौं मंगलबारको शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ३४.४६ अंकले उकालो लाग्दै २७६०.१७ मा पुगेर बन्द भएको हो। यस वृद्धिसँगै बजारले १.२६ प्रतिशत बढेको छ।बजार खुल्ने समय केही सम्हालिएको भए पनि दोस्रो सत्रदेखि लगातार हरियाली देखिँदै बजार बलियो अवस्थामा बन्द भयो। कारोबार रकम पनि उल्लेखनीय रह्यो।

आज एकै दिन ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।आजको कारोबारमा कुल २४८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ६३ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। समूहगत हिसाबले आज बैंकिङ, विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र होटल पर्यटन समूहमा सकारात्मक कारोबार देखियो। विशेषगरी, विकास बैंक र माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको थियो।