रास्वपाका दुई सांसदले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडुसँग भेट गरेका छन्।छिमेकी भारतको कर्नाटक राज्यको बेंग्लोर पुगेका सांसदद्वय हरि ढकाल र सोविता गौतमले सोमबार पूर्वउपराष्ट्रपति नायडुसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा भारतमा रहेका प्रवासी नेपालीको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयाम तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयमा संवाद भएको सांसद गौतमले जानकारी दिइन्। सो अवसरमा आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानबारे समेत संक्षिप्त जानकारी गराएको उनले बताइन्।यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने रास्वपाको विश्वास छ।
