Like this:

इच्छाकामना गाउँपालिकाले फोहोरमैला संकलनको शुल्क नलिने

चितवनको इच्छाकामना गाउँपालिकाले पालिका भित्रको फोहोर संकलन गर्दा पालिकावासीबाट शुल्क नलिने घोषणा गरेको छ ।गाउँपालिकाले पालिका क्षेत्रका ग्रामिण तथा शहरी क्षेत्रमा जम्मा हुने फोहोरमैला संकलनको शुल्क नलिने घोषणा गरेको हो ।पालिकाले अहिलेसम्म फोहोरमैंला व्यवस्थापन शुल्क उठाउँदै आएको भए पनि अब नागरिकलाई सुविधा दिन फोहोरमैलाको शुल्क नलिने निर्णय गरिएको गाउपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

Like this: