शिक्षक सेवा आयोगले रिक्त रहेका एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।
आयोगले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आजैदेखि आगामी साउन १५ गतेसम्म कार्यालय समयभित्र तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने जनाएको हो।
यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा आवेदन साथ बुझाउनुपर्ने कागजातहरूको विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ
