Spread the love
Spread the love
कतारको तीनदिने औपचारिक भ्रमण पूरा गरी उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वदेश फिर्ता
Spread the love

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतार प्रस्थान गर्नुभएका उपराष्ट्रपति रामसहायप्रसाद यादव आफ्नो तीनदिने औपचारिक भ्रमण सकेर आज (बिहीबार) स्वदेश फर्कनुभएको छ।

गत मंगलबार कतार प्रस्थान गर्नुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो।

भ्रमणका क्रममा बुधबार उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा उहाँले अमिर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शोक सन्देश हस्तान्तरण गर्नुभयो।

उक्त समवेदना प्रकट गर्ने कार्यक्रम तथा भेटवार्ताहरूमा नेपाल सरकारका तर्फबाट सहभागी उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।