Spread the love
Spread the love
कंगोमा इबोलाको प्रकोप तीव्र: सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो, १९२ जनाको मृत्यु
Spread the love

​प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र रूपमा फैलिएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार सङ्क्रमितको कुल सङ्ख्या ८०८ पुगेको छ भने यस महामारीबाट हालसम्म १९२ जनाले ज्यान गुमाइसकेका छन्।​मन्त्रालयले जारी गरेको ३१ औँ प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप २६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। यससँगै इबोलाका कारण हुने मृत्यु दर २३.८ प्रतिशत पुगेको छ। हालसम्म ३६३ जना बिरामी आइसोलेसनमा उपचाररत छन् भने प्रकोप सुरु भएदेखि ४८ जना निको भएर घर फर्किएका छन्।​गत मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको यो प्रकोप नियन्त्रणका लागि हाल देशका तीन प्रभावित प्रान्तहरू—इटुरी, उत्तरी किभु र दक्षिण किभुमा विशेष अभियान चलाइँदैछ।