Spread the love
Spread the love
उदयपुरमा लागुऔषधसहित दुई युवा पक्राउ
Spread the love

​उदयपुर र सिरहाको सिमानामा पर्ने बेलसोत प्रहरी चौकीको टोलीले चेकजाँचका क्रममा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।​पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–३ का ३९ वर्षीय नाजिर खान र ३५ वर्षीय वीरेन्द्र राई रहेका छन्।

सिरहाबाट कटारीतर्फ ना २२ प ६२२१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट प्रहरीले ३ बोतल 'कोरकोफ–सी' नामक लागुऔषध बरामद गरेको हो।

मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय कटारीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।