Like this:

​वीरगन्जका मेयर राजेशमान सिंह लिखत किर्ते मुद्दामा पक्राउ​

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार, उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो।

​पर्सा जिल्ला अदालतले सिंहविरुद्ध लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।​स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा गत जेठ ८ गते अदालतले मेयर सिंहसहित अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बुझिएको छ।​

हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी आजै उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Like this: