Like this:

एमालेले आजपनि विरोध प्रदर्शन गर्ने
.
काठमाण्डौ, नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको पक्राउ तथा कार्यकर्तामाथि भएको धरपकडको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ। प्रहरीको दमनकारी व्यवहारको विरोधस्वरूप माइतीघर मण्डलामा प्रदर्शन आयोजना गर्न लागिएको नेकपा एमालेले जनाएको छ। पार्टीका सचिव महेश बस्नेतका अनुसार आज दिउँसो १ बजे बागमती प्रदेश कमिटीको आयोजनामा विरोध कार्यक्रम सञ्चालन हुनेछ। उनले सो प्रदर्शनमा सहभागी हुन समर्थक तथा सर्वसाधारणलाई आह्वान गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कार्यकर्तामाथि सरकारद्वारा गरिएको हस्तक्षेपलाई निरंकुश र अधिनायकवादी कदमको रूपमा आलोचना गरेका छन्। आन्दोलनको दोस्रो दिन पनि आफ्ना कार्यकर्तामाथि पक्राउ जारी राखिएको उनको भनाइ छ। यसअघि आइतबार बबरमहल क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सो घटनामा एक जना घाइते भएका थिए भने प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। एमालेले आफ्ना कार्यकर्तामाथि भइरहेको कारबाहीप्रति आपत्ति जनाउँदै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएको छ ।

Like this: