Like this:

चितवन राइनोजका समर्थकका लागि निःशुल्क बस सेवा
चितवन राइनोजका समर्थकका लागि खुसीको खवर

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो ४ बजे हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलका लागि चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं क्रिकेट हेर्न ल्याउने–लैजाने निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ।

फ्रेन्चाइज टोली चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेका अनुसार खेल हुने दिनको समयअनुसार बसको प्रस्थान तालिका निर्धारण गरिएको छ।
उनका अनुसार बिहान खेल परे चितवनबाट बिहान ५ बजे, र दिउँसो खेल परे बिहान ९ बजे बस काठमाडौंका लागि छुट्नेछ।

समर्थकलाई खेल सकिएलगत्तै पुनः चितवन फर्काउने व्यवस्था समेत गरिएको छ। यो सेवाका लागि ६ वटा बस परिचालन गरिने र अनलाइन टिकट किनेका दर्शक मात्र बस सेवा प्रयोग गर्न पाउने जनाइएको छ।

खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा राइनोजको समर्थनमा झण्डा, तुल, ब्यानर र स्टिकर टाँसिँदै समर्थकहरूले उत्साहपूर्ण माहोल बनाएका छन्।

Like this: