Like this:

केपी ओलीको प्रशंसा गर्नु मेरो गल्ति थियो : प्रकाश सपुत
kp oli

काठमाण्डौ, कलाकार प्रकाश सपुतले केपी ओलीको प्रशंसा गर्नुलाई आफ्नो गल्ती महशुस गरेका छन।

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भएको बताएका हुन।

हाल प्रदर्शन भइरहेको फिल्म सोल्टिनीको प्रवर्द्धनको क्रममा दिएको अन्तर्वार्तामा उनले यसबारे स्पष्ट पार्दै गल्ती स्वीकारेका हुन्।

सपुतले अघि, आफ्नो फिल्म वसन्त रिलिजअघि आयोजित समारोहमा तत्कालिन प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेका थिए। उनले ओलीको जीवन संघर्षपूर्ण भएको र त्यसले प्रेरणा दिन सक्ने बताए पनि, पछि यसलाई गल्ती मान्ने कुरा बताएका छन्।

जब प्रश्न गरिएको थियो कि ओलीको प्रशंसा गर्दा तपाईंको हाइट घट्छ वा व्यक्तित्वमा असर पर्छ कि भन्ने, प्रकाश सपुतले यसलाई स्वीकार्ने प्रतिक्रिया दिएका थियो ।

Like this: